सुन तोलाको ९३ हजार ७ सय पुग्यो

सुन तोलाको ९३ हजार ७ सय पुग्यो

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ४ सयले उकालो लागेको हो ।

महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ मा कायम भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कायम भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति:     ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar