सुनको मूल्य आज पनि बढ्याे, तोलाको ९३ हजार ४ सय कायम

सुनको मूल्य आज पनि बढ्याे, तोलाको ९३ हजार ४ सय कायम

काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय , तेजाबी सुनको मूल्य ९२ हजार ९ सय र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९२ हजार ८ सय, तेजाबी सुन ९२ हजार ३ सय र चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको थियो ।

प्रकाशित मिति:     ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar