एचएस कोर्ड नहुँदा ऊनी फेल्ट निर्यातको एकिन तथ्यांक राख्न सकेनौ : अध्यक्ष अमृत खड्का

एचएस कोर्ड नहुँदा ऊनी फेल्ट निर्यातको एकिन तथ्यांक राख्न सकेनौ : अध्यक्ष अमृत खड्का

कल्पना क्राफ्टका संचालक अमृत खड्का नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष हुन । विगत लामो समयदेखि यस क्षेत्रमा क्रियाशिल खड्कासँग नेपालमा ऊनी फेल्टको उत्पादन तथा निर्यातको अवस्था, कोरोनाले उद्योगमा पारेको असर र निर्यात प्रवद्र्धनका लागि गर्नुपर्ने कामहरुबारे हिमाली खबरले गरेको कुराकानीको सम्पादित अंश ।

अहिले ऊनी फेल्टको उत्पादनको अवस्था कस्तो छ ?

नेपालबाट ऊनी फेल्टको उत्पादन र निर्यात बार्षिकरुपमा बढ्दो क्रममा छ । अहिले बार्षिक ३–४ अर्बको हाराहारीमा निर्यात भइरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको अहिलेको अवस्थामा पनि यसको उत्पादन र निर्यातमा बृद्धि नै भएको छ। यस अर्थमा यसको बजार एकदमै राम्रो छ।

कच्चा पदार्थको उपलब्धता कस्तो छ ?

हाम्रो उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ मध्ये ९० प्रतिशत जति न्यूजिल्याण्डबाट आउने भेडाको ऊन हो । अरु कपड, रंग र प्याकेजिङ मटेरियल हो । कोरोनाको कारणले गर्दा ऊनको आयातमा अहिले पहिलेको भन्दा केही असहज छ । ढुवानी खर्चहरु पनि बढेको छ ।

यो क्षेत्रमा संलग्न जति पनि व्यवसायीहरु हुनुहुन्छ उहाँहरुको परिश्रम र मेहनतले राम्रो भै रहेको छ । ऊनी फेल्टमा भेडाको ऊन प्रयोग गछौं । ऊन पनि धेरै प्रकारको हुन्छ । नेपालले उत्पादन गरेर विदेश पठाउने भनेको भेडाको ऊनको हो । तर नेपालमा भेडा पालन व्यवसायीक रुपमा छैन् । केही पालेपनि ऊनको लागि गरिदैन । एउटा मरिनो भन्ने हुन्छ । त्यो अष्ट्रेलियमा गरिन्छ । त्यो त किलो कै २ हजार रुपैयाँ पर्छ । त्यो बाहेक हामीले फेल्टको लागि प्रयोग गर्ने ऊनलाई २–३ सय रुपैयाँ पर्छ । त्यो चाही बाईप्रोडक्ट मात्र हो । न्यूजिल्याण्डले चाही संसारभर भेडाको मासु निर्यात गर्छ । त्यहीबाट आएको ऊन हामी प्रयोग गछौं । हामीले मात्र होइन, चीन, भारत सहित संसार भर नै त्यो खरिद हुन्छ ।

कोरोनाले निर्यातमा कस्तो असर छ ?

फेल्टको झन्डै एक सय वटा जति उद्योग छन् । निर्यातको तथ्यांक भन्सारबाट आउने हो । भन्सारले बस्तु चिन्ने भनेको एचएस कोर्डबाट हो । हाम्रो फेल्टको एचएस कोर्ड छैन् । जस्तो हामीले कार्पेट पठायौ भने नटकार्पेटको एचएस कोर्ड प्रयोग गरेर पठाउँछौं । किनभने अरु कोर्ड मिल्दै । नयाँ कोर्ड भन्सार विभागले राख्दिएको छैन । त्यसले गर्दा हामीले फेल्टको कार्पेट पठायौं भने डाँटामा चाही नट कार्पेट भनेर जनिन्छ । त्यसले गर्दा तथ्यांक कोहीसँग पनि छैन । कम्पनीहरुको अुनमान गरेर तथ्यांक राख्छौं । गत वर्ष ३ अर्बको थियो । यो वर्ष ४ अर्ब रुपैयाँको अनुमान गरिएको छ । तर यो अनुमान मात्र हो । यकिन तथ्यांक कहिबाट पनि आउँदैन ।

कोरोनाले व्यवसायलाई कस्तो प्रभाव पार्यो ?

म चाही कोरोनाले सकारात्मक प्रभाव पार्यो भन्छु । गाह्रो नभएको होइन, छ । हिजो २ महिनामा अमेरिका कन्टेनर पठाउन सक्थ्यो भने अहिले त्यो सम्भव छैन । अहिले ३ महिना पनि लागि रहेको छ । कच्च पदार्थ ल्याउन पनि हिजोको भन्दा धेरै खर्च लागेको छ । एयर कार्गो त झन महंगो भएको छ । हिजो ३ डलर प्रतिकेजीमा जाने सामान आज ७–८ डलर पुगेको छ । यो प्रतिकुलताको बावजुत पनि बजार भने बढेको छ ।

अमेरिका, यूरोपमा अनलाइनको ट्रेन एकदम बढ्यो । हाम्रो २–४ वटा आइटमाले अनलाईनमा राम्रै उपस्थिती जनाएका थिए । सबैले होइन । क्याटकेभ, ड्रारबल जस्तो समाग्रीले अमेजन इन्टरनेटमा राम्रो उपस्थिती थियो । मनिसहरु लकडाउनले घरमा बसे अनलाईनमा सामानहरु हेर्न थाले त्यसले गर्दा हाम्रो सामानको माग पनि बढ्यो । अहिले त हामीलाई सप्लाई गर्ने गाह्रो छ । माग बढेको छ, पपुलारिटि बढेको छ । अमेरिकी र यूरोपमा यही बेला मार्केटिङ गर्नेबारे सोचेका छौं । यसमा सरकारले पनि सहयोग गर्छ भन्ने सोचेका छौं ।

जनशक्तिको अवस्था कस्तो छ ?

हामीलाई तीन किसिमको जनशक्ति आवश्यक पर्छ । एक त फेल्ट आर्टिष्ट चाहिन्छ । फेल्टको सामान बनाउने त्यसलाई फेलट आर्टिष्ट भन्छौं । त्यो हामी आफै तयार गछौं । १ जनालाई तालिम दियौ भने २–४ जना त तयार भइहाल्छ । योसँगै आयात निर्यात गर्ने व्यवस्थापियक खालको र अर्को अन्तर्राष्ट्रिय प्रमोशन गर्ने खालको जनशक्ति आवश्यक पर्छ । प्रमोशन चाही हाम्रा खरिदकर्ताहरुले नै गरिरहेका छन् । तर मजदूरहरु चाही जसो तसो पाइरहेका छौं । सबै उद्योगहरुले प्रशिक्षण गर्नुहुन्छ । त्यसले पनि सजिलो भएको छ।

नेपालमा ऊनी फेल्टको खपत कति हुन्छ ?

नेपालमा खासै खपत हुदैन । पहिलो त हामी उत्पादन गरेर बजारमा बेच्न लादैनौ । अडरबेसमा काम गछौं । रेडिमेट सामान पाइदैन । केही ठमेलका पसल बाहेक अरुले बनाएर राख्दैनन् । अरु सबै निर्यात हुन्छ । भारत, चीन लगायतका करिब ३० देशमा निर्यात हुन्छ ।

अन्तमा, सरकारसँगको अपेक्षा के हो ?

फेल्ट निर्यात हुन थालेको २४ वर्ष भयो । हरेक वर्ष यो सामानको निर्यात बढेको छ। एक वर्ष पनि घटेको छैन् । अहिले ४ अर्ब पुग्यो । समग्र निर्यातलाई जे नीति छ । त्यसैको भर हो । सरकारले निर्यात हुने विशेष सामग्रीहरुको पहिचान गरेर सन् २०१० मा सूची बनायो त्यसमा पनि फेल्ट छैन् । सन् २०१६ मा अर्को नयाँ सूची जारी गर्यो त्यसमा पनि परेन ।

अनी अमेरिकाले नेपाली उत्पादनलाई भन्सार सुविधा दिएको थियो । त्यसमा पनि फेल्ट परेन । किन की सरकारलाई थाहा थिएन फेल्ट के हो । त्यसकारणले गर्दा यत्रो निर्यातको सम्भावना बोकेको यो क्षेत्रलाई सरकारको कुनै सहयोग पाएका छैनौं ।

प्रकाशित मिति:     २० फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar