बुक विल्डिङबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टले पायो ४३ ग्रेडको प्रमाणपत्र

बुक विल्डिङबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टले पायो ४३ ग्रेडको प्रमाणपत्र

काठमाडौं। बुक विल्डिङ प्रक्रियाबाट साधारण सेयर (आइपीओ) जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टले ४३ ग्रेडको गुणस्तर प्राप्त गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई उक्त प्रमाणपत्र प्रदान गरेको हो।

कम्पनीले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । सोमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताका लागि, ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र बाँकी २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।

विभागले नेपालमा ४३ र ५३ ग्रेडको सिमेन्ट गुणस्तर प्रमाणपत्र प्रदान गर्दै आएको छ। यो नेपालमा उत्पादन हुने सिमेन्टहरुमध्यको उत्कृष्ट गुणस्तर भएको कम्पनीले जानकारी दिएको छ। विभागले अहिले धमाधम सिमेन्ट कम्पनीहरुलाई ४३ र ५३ ग्रेडेको गुणस्तर प्रदान गर्दै आएको छ।

प्रकाशित मिति:     २४ असार २०७८, बिहीबार  |    Himali Khabar