स्वर्णिम वाग्ले यूएनडीपी एसिया क्षेत्रको प्रमुख आर्थिक सल्लाहकार

स्वर्णिम वाग्ले यूएनडीपी एसिया क्षेत्रको प्रमुख आर्थिक सल्लाहकार

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मुख्यालय न्युयोर्कमा एसिया प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

यसअघि वाग्ले यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको रणनीति, नीति र साझेदारीका लागि वरिष्ठ विशेषज्ञका रूपमा कार्यरत थिए । यो पदमा उनी गत सेप्टेम्बरबाट कार्यरत थिए । पदोन्नतिसहित वाग्लेले अर्को नियुक्ति पाएका हुन् ।

यूएनडीपीले न्युयोर्कस्थित मुख्यालयबाट एसिया प्रशान्त क्षेत्रअन्तर्गत ३६ देशलाई कार्यक्षेत्र बनाएको छ । यसअन्तर्गत बैंककमा क्षेत्रीय कार्यालय छ । अरू २४ देशमा आवासीय कार्यालय छन् । गोरखा बुंकोटका वाग्लेले बूढानीलकण्ठ स्कुलबाट प्रारम्भिक शिक्षा लिएका हुन् । ‘लन्डन स्कुल अफ इकोनमिक्स’ र अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका वाग्ले नेपालस्थित सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) का अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति:     २३ असार २०७८, बुधबार  |    Himali Khabar