साउन १ देखि आईएमईआई दर्ता नभएका मोवाइल नचल्ने

साउन १ देखि आईएमईआई दर्ता नभएका मोवाइल नचल्ने

काठमाडौं । साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा साथीभाइले उतै किनेर नेपाल पठाइदिएका मोबाइलहरुको हकमा भने व्यक्ति स्वयंले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

साउन १ अगाडिदेखि नै प्रयोगमा आइरहेका मोबाइल सन्चालनमा भने समस्या नआउने प्राधिकरणले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले साउन १ गते अगाडिदेखि नै चलाइरहेका मोबाइलहरुको हकमा भने अहिले समस्या नपर्ने जानकारी दिए ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar