चीनले राइड सेयरिङ एप दिदीको नयाँ डाउनलोड गर्न रोक्यो

चीनले राइड सेयरिङ एप दिदीको नयाँ डाउनलोड गर्न रोक्यो

काठमाडौं । चीनले साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले गैरकानुनी तरिकाले प्रयोगकर्ताहरूको डाटा संकलन गरेको भन्दै स्मार्टफोनमा दिदी एप डाउनलोड गर्न रोक्ने निर्णय गरेको हो।

केही दिनअघि मात्रै इनिसियल पब्लिक अफरिङ (आइपिओ) बाट ४.४ अर्ब डलर उठाएर न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भएको दिदीले अब चिनियाँ डाटा संरक्षण कानुनअनुसार आफ्नो एपमा परिवर्तन गर्नु पर्ने भएको छ।

साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले दिदीले प्रयोगकर्ताबाट डाटा कसरी गैरकानुनी तरिकाले संकलन गर्‍यो भन्नेबारे विस्तृतमा खुलाएको छैन।

प्रकाशित मिति:     २१ असार २०७८, सोमबार  |    Himali Khabar