माइक्रोसफ्टले ल्यायो विन्डोज ११

माइक्रोसफ्टले ल्यायो विन्डोज ११

काठमाडौं । माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।

विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज १० बजारमा ल्याएको ६ वर्षपछि माइक्रोसफ्टले विन्डोजको अर्को नयाँ संस्करण ल्याएको हो । विश्वमा हाल एक अर्ब ३० करोड डिभाइसमा विन्डोज १० अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ ।

विन्डोजको यो नयाँ सफ्टवेयरको माध्यमबाट अब विन्डोज डेस्कटप कम्प्युटरमै एन्ड्रोइड एप चलाउन सकिनेछ । हाल विन्डोज १० मा पनि एन्ड्रोइड एपहरु चलाउन सकिने भएतापनि त्यसका लागि थ्यगत एजयलभ एप डाउनलोड गर्नु पर्दथ्यो, जुन माइक्रोसफ्टले गत वर्ष ल्याएको थियो ।

प्रकाशित मिति:     १२ असार २०७८, शनिबार  |    Himali Khabar