निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत ‘इन्द्रकमल’ सार्वजनिक भएको छ । गायिका थापा र आरके गुरुङको स्वर रहेको ‘इन्द्रकमल’ बोलको म्युजिक भिडियो गायिका थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा संगीतसमेत गायक आरेके गुरुङकै रहेको छ । पवित्रा मगरको शब्द रहेको गीतको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने सुदिप मगरले एरेन्ज गरेका हुन् ।

म्युजिक भिडियोमा ‘इन्द्रकमल’ चिज गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ ।

करण चैसिरले छायाँकन गरेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । साई भिजनले गीतको निर्माण गरेको हो ।

प्रकाशित मिति:     ५ जेष्ठ २०८१, शनिबार  |    Himali Khabar