जनकपुर–जयनगर रेल्वे सेवा आजदेखि पुनः सञ्चालनमा

जनकपुर–जयनगर रेल्वे सेवा आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । 

महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुवनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा पुनः सञ्चालनमा आएको हो । 

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो ।  

प्रकाशित मिति:     ८ जेष्ठ २०८१, मंगलवार  |    Himali Khabar