जियोले गुगलसँग मिलेर सस्तो फोरजी स्मार्टफोन ल्याउँदै

जियोले गुगलसँग मिलेर सस्तो फोरजी स्मार्टफोन ल्याउँदै

एजेन्सी। भारतीय कम्पनी रिलायन्सले एजीएममा जियोको नयाँ फोरजी एन्ड्रोइड फोन ‘जियो फोन नेक्स्ट’ सुरू गर्ने घोषणा गरेको छ। रिलायन्सका अध्यक्ष मुकेश अम्बानी र गुगलका सिईओ सुन्दर पिचाईले संयुक्तरुपमा यसको अनावरण गरेका हुन्।

गुगलको सहयोगमा तयार पारिएको सस्तो स्मार्टफोन आउँदो १० सेप्टेम्बरदेखि भारतीय बजारमा उपलब्ध हुनेछ। अम्बानीले फोरजी फोनको मूल्य भारतीय बजारमा मात्र नभई विश्व बजारमा नै सबैभन्दा सस्तो हुने बताए।

प्रकाशित मिति:     ११ असार २०७८, शुक्रबार  |    Himali Khabar