माइक्रोसफ्टको अध्यक्षमा सत्या नाडेला

माइक्रोसफ्टको अध्यक्षमा सत्या नाडेला

वासिङ्टन । विश्वचर्चित माइक्रोसफ्ट कर्पोरेसनको अध्यक्षमा सत्या नाडेला नियुक्त भएका छन् ।

माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहेका थिएन भने नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका थिए । भारतीय मुलको नाडेला सो चर्चित कम्पनीको अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले बताएको छ ।

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत रहेका थिए।

प्रकाशित मिति:     ५ असार २०७८, शनिबार  |    Himali Khabar