फेसबुकले ल्यायो म्यासेन्जरका लागि नयाँ नियम

फेसबुकले ल्यायो म्यासेन्जरका लागि नयाँ नियम

काठमाडौं । फेसबुकले म्यासेन्जरमा नयाँ नियम ल्याएको छ । अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनु पर्ने छ । यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन । फोनबाटै म्यासेन्जर खोल्न सकिन्थ्यो ।

यो नयाँ नियम नयाँ म्यासेन्जर प्रयोगकर्ताका लागि मात्रै लागु हुने फेसबुकले जनाएको छ। पहिले नै अकाउन्टबिना म्यासेन्जर खोलिसकेका प्रयोगकर्तालाई भने यो नियम लागु नहुने जनाइएको छ ।

यो विशेषता आएपछि प्रयोगकर्ताले ह्वाट्सएपबाट इन्स्टाग्राममा सिधै म्यासेज गर्न सक्नेछन्। यससँगै फेसबुकले ‘क्रस प्लेटफर्म म्यासेजिङ’ प्रणाली पनि विकासको तयारी गर्दैछ।

प्रकाशित मिति:     ४ असार २०७८, शुक्रबार  |    Himali Khabar