विच्याटको अनौटो नियम, लाइभ गर्दा नाक कोट्याए कारबाही

विच्याटको अनौटो नियम, लाइभ गर्दा नाक कोट्याए कारबाही

काठमाडौं । चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटले आफ्नो लाइभ स्ट्रिमिङ सर्भिसलाई स्वस्थ बनाउने भन्दै अनौठो खालका नयाँ नियमहरु लागू गरेको छ । विच्याटले प्रयोगकर्ताका लागि केही प्रतिबन्धित क्रियाकलापहरुको सूची तयार गरेको छ, जसलाई विच्याटले बन्देज लगाएको छ ।

विच्याटले लागू गरेको नयाँ नियमानुसार अब विच्याट प्रयोगकर्ताहरुले लाइभ स्ट्रिमिङ गर्दा नाक कोट्याउने तथा नितम्बमा थप्पड हान्ने जस्ता क्रियाकलापहरु गर्न पाइने छैन । टेन्सेन्ट होल्डिङ्स कम्पनीको स्वामित्वमा रहेको विच्याट चीनमा निकै लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै छ ।

चीनमा इन्टरनेटमाथि सरकारको कडा नियमन रहेको छ । सरकारले राजनीतिक तथा सामाजिक रुपमा संवेदनशील सामग्रीहरु इन्टरनेटमा बन्देज लगाउनका लागि कडा कदम चाल्ने गरेको छ । विच्याटको सेक्युरिटी सेन्टरले आफ्नो प्लेटफर्ममा गरेको एक पोष्टमा ७० भन्दा धेरै नियम विपरितका कार्यहरुको सूची प्रस्तुत गरेको छ । विच्याटका अनुसार नियम उल्लंघन गरेर लाइभ स्ट्रिमिङ उल्लेखित क्रियाकलापहरु गरेमा लाइभ स्ट्रिमिङ गर्ने च्यानल तथा स्ट्रिमिङकर्ता दुवैलाई सजाय हुनेछ । (रोयटर्सबाट साभार)

प्रकाशित मिति:     ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar