अमेजन सीईओ जेफ बेजोस अन्तरिक्षमा जाने

अमेजन सीईओ जेफ बेजोस अन्तरिक्षमा जाने

काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अन्तरिक्षयात्रामा जाने भएका छन् ।

आफ्नो अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको रकेट यान न्यू शेर्फडको पहिलो मानवयुक्त उडानमा बेजोस अन्तरिक्षमा जाने भएका हुन् ।

बेजोसको अन्तरिक्ष उडान आगामी जुलाई २० तारेखका लागि तय भएको छ । जुलाई ५ मा अमेजनको सीईओ पदबाट राजीनामा दिने घोषणा गरिसकेका बेजोसले अमेजन प्रमुखको जिम्मेवारीबाट मुक्त भएसँगै अन्तरिक्षको यात्रामा जाने सोँच बनाएका हुन् । ब्लु ओरिजन कम्पनीका अनुसार उक्त उडानमा बेजोससँगै उनका कान्छा भाइ मार्क बेजोस पनि सँगै हुनेछन् ।

प्रकाशित मिति:     २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar