माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अब बन्द हुने

माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अब बन्द हुने

काठमाडौं । माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको छ ।

इन्टरनेट एक्सप्लोरर बन्द गर्न वर्षौँदेखि प्रयास गरिरहेको माइक्रोसफ्टले अहिले आएर निर्णायक कदम चालेको हो । यसबीचमा माइक्रोसफ्टले इन्टरनरेट एक्सप्लोररलाई निकम्मा बनाउँदै लगेको थियो ।

केही महिना अघिबाट इन्टरनेट एक्सप्लोररमा माइक्रोसफ्टको च्याट सफ्टवेयर टिम्स नचल्ने भएको थियो भने यहीँ गृष्मयामको मध्यबाट माइक्रोसफ्ट अफिस लगायतका विभिन्न ३६५ वटा एपहरु पनि इन्टरनेट एक्सप्लोररमा चल्ने छैनन् । माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर सुस्त रहेको, व्यावहारिक नहुनुका साथै आधुनिक वेब गतिविधिका लागि पनि पर्याप्त तथा सुरक्षित समेत नरहेको जनाएको छ ।

प्रकाशित मिति:     ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar