नागरिक एप छ लाख ४० हजारले डाउनलोड गरे

नागरिक एप छ लाख ४० हजारले डाउनलोड गरे

काठमाडौं । गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । सार्वजनिक गरिएको एप चार महिनाको अवधिमा छ लाख ४० हजार ५०३ जनाले डाउनलोड गरेको पाइएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ३४ दशमलव सात प्रतिशतको मात्र प्रमाणीकरण भएको छ । सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार पाँच लाख ७४ हजार २०३ जनाले एन्ड्रोइड फोनमा एप डाउनलोड गरेका छन् । यस्तै ५२ हजार ८५९ बढीले आइफोन ९आइएसओ० र पाँच हजारभन्दा बढीले क्युआर कोर्ड स्क्यान गरेका छन् ।

प्रकाशित मिति:     २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar