टेलिकमले भोलिदेखि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ सेवा परीक्षण गर्ने

टेलिकमले भोलिदेखि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ सेवा परीक्षण गर्ने

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि आफ्ना प्रयोगकर्ताका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ सेवा परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी/एलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले अन्तर्राष्ट्रिय आईटीयू डे (मे १७) अर्थात् यही सोमबारदेखि परीक्षण सुरु गर्न लागिएको जानकारी दिए ।
प्रयोगकर्ताका लागि परीक्षण सुरु गर्नुअघि टेलिकमले भीओएलटीईका लागि उपयुक्त मोबाइल सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ ।

गत पुसदेखि नै भीओएलटीई चल्न सक्ने मोबाइलका सम्बन्धमा कम्पनीले बारम्बार परीक्षण गर्दै आएको थियो । अब भने प्रयोगकर्ताकै तहमा यो सेवा परीक्षण हुनेछ ।

प्रकाशित मिति:     २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar