धरहरा निर्माणको ९५ प्रतिशत काम सकियो

धरहरा निर्माणको ९५ प्रतिशत काम सकियो

काठमाडौं, २५ फागुन । काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको निर्माण पूर्ण हुँदैछ । धरहराको २२ तलाको ढलान सकिएर धरहराको गजुर रहने गुम्बज ढलानको काम आज सकिने रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले हिमाली खबरलाई जानकारी दिए ।

धरहरा भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । श्रेष्ठका अनुसार बाँकी अरु धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि जारी रहेको छ । अबको केही महिना भित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने छ्न ।

धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट, वाइरिङसहित फिनिसिङ भइरहेको छ ।

प्रकाशित मिति:     २५ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar