चैत मसान्तसम्म २३२ उद्योग दर्ता

चैत मसान्तसम्म २३२ उद्योग दर्ता

काठमाडौं । चालु आवको चैत मसान्तसम्म २ सय ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १ सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

आव २०७८/०७९ को ९ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् ।

गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागकामहानिर्देशक रामचन्द्र तिवारीका अनुसार हालसम्म एक हजार २ सय ८१ ठूला, एक हजार ९ सय ९१ मझौला ५ हजार ४ सय १५ साना उद्योग दर्ता भएका छन् ।

चालु आवको तेस्रो त्रैमाससम्म २ सय ३२ उद्योगमा दुई खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् ।

गत आवमा प्रस्तावित लगानी एक खर्ब ३९ अर्ब रुपैयाँ थियो । हालसम्म २५ खर्ब ५० अर्ब रुपैयाँको लगानी प्रस्ताव भएका छन् ।

प्रकाशित मिति:     २६ बैशाख २०७९, सोमबार  |    Himali Khabar