नक्कली स्टिकर छानबिन गर्न दुई डिस्टिलरीमा सिल

नक्कली स्टिकर छानबिन गर्न दुई डिस्टिलरीमा सिल

भैरहवा । झन्डै एक महिनाअघि बरामद आन्तरिक राजस्व विभागको नक्कली स्टिकरको विषयलाई लिएर राजस्व अनुसन्धान कार्यालय बुटवलले रूपन्देहीका दुई डिस्टिलरी उद्योग सिल गरेको छ ।

नक्कली स्टिकर प्रयोग गरी राजस्व छलेको आशंकामा ती उद्योगलाई एक साताअघि सिल गरी कार्यालयले अनुसन्धान अघि बढाएको हो । तर अनुसन्धान प्रक्रिया कहाँ पुगेको छ, के कति सफलता हात लागेको छ भन्नेबारे जानकारी दिइएको छैन । यतिसम्मकी कर्मचारीलाई सिलभएकोबारे पनि जानकारी छैन ।

कार्यालयले रूपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिस्टल बोटलर्स प्रालि र तिलोत्तमा नगरपालिका–१४ मा रहेको माउन्ट एभरेस्ट डिस्टिलरीमा पनि छापा मारेर सिल गरेको छ ।

प्रकाशित मिति:     ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar