सरकारले चुरे क्षेत्रको उत्खनन गरी ढुंगा, गिट्टी, बालुवा निर्यातमा रोक लगाउने

सरकारले चुरे क्षेत्रको उत्खनन गरी ढुंगा, गिट्टी, बालुवा निर्यातमा रोक लगाउने

काठमाडौं । सरकारले चुरे क्षेत्रको उत्खनन गरी ढुंगा, गिट्टी र बालुवा निर्यातमा रोक लगाउने नीति लिने भएको छ। आइतबार सार्वजनिक संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा पर्यावरणमा समस्या उत्पन्न हुने गरी मुनाफाका लागि प्राकृतिक स्रोत साधनको दोहन हुन नदिने उल्लेख छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेश मार्फत सार्वजनिक गरेको बजेट वक्तव्यमा ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने उल्लेख थियो। जसको तीव्र विरोध भएको थियो। ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुसमा छुट दिने व्यवस्था मिलाएको छु’, तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले वाचन गरेको बजेटमा भनिएको थियो।

प्रकाशित मिति:     २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar