आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा चमक, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा चमक, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आर्थिक वर्ष २०७८–०७९ को पहिलो कारोबार दिन सेयर बजारमा चमक देखिएको छ। नेप्से ९७ अंकले बढेर २९८० विन्दुमा पुगेको छ।

यस्तै कारोबार पनि १ सय २१ कम्पनीको ११ अर्ब ६३ करोड रुपैयाँको भएको छ। आइतबार कारोबारमा आएका १३ समूह मध्ये सबै समूहको सुचक सकारात्मक छ ।

सबैभन्दा धेरै कारोबार मञ्जुश्री फाइनान्सको ४० करोड ९७ लाख रुपैयाँको भएको छ। यस्तै आइतबार धेरै कमाउँनेमा भने हिमालयन पावर पाटर्नर, सिंगटी हाइड्रो, सिन्धु विकास बैंक, नाङदी ग्रुप पावर र समृद्धि फाइनान्स रहेको छ । यी सबै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको बृद्धि छ ।

गुमाउँने कम्पनीहरुको अग्रस्थानमा भने एनआईबीएल समृद्धि फन्ड २ का लगानीकर्ता छन् । यसको सेयर मूल्यमा ५ प्रतिशतकाृ गिरावट आएको छ।

प्रकाशित मिति:     ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar