वसन्त ऋतुमा चुचुरो पुग्ने आरोहीको कुल संख्या ४५७

वसन्त ऋतुमा चुचुरो पुग्ने आरोहीको कुल संख्या ४५७

काठमाडौं । बसन्त ऋतुमा कुल १९ टिमका १८२ आरोही मात्र सगरमाथा चुचुरो पुग्न सफल भए । उनीहरुको सहयोगका लागि खटिएका २७५ जना सहयोगी स्टाफले समेत सगरमाथा आरोहण गरेका छन् । यससँगै वसन्त ऋतुमा चुचुरो पुग्ने आरोहीको कुल संख्या ४५७ थियो ।

विभागको तथ्यांकअनुसार वसन्त ऋतुमा सगरमाथा चढ्न कुल ४३ समूहका ४०८ आरोहीले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये २२६ जना आरोही भने चुचुरो नपुगि फर्कनु परेको विभागले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

कोरोना महामारीको अन्यौलका बीच यो वर्ष सगरमाथासहित हिमाल आरोहणको अनुमति दिइएको थियो । आरोहीको उत्साहजनक सहभागिता समेत देखिएको थियो ।

प्रकाशित मिति:     २९ असार २०७८, मंगलवार  |    Himali Khabar