भारतीय अर्थतन्त्र ७.३ प्रतिशतले खुम्चियो

भारतीय अर्थतन्त्र ७.३ प्रतिशतले खुम्चियो

नयाँदिल्ली । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १.६ प्रतिशतले बढेको छ । यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको छ ।

गत आवभरी भने अर्थतन्त्र ७.३ प्रतिशतले खुम्चिएको छ । संकुचनको यो दर यस अघि गरिएको प्रक्षेपणभन्दा चाँहि कम हो । फेब्रुअरीमा गरिएको दोस्रो प्रक्षेपणमा अर्थतन्त्र ८ प्रतिशतले खुम्चने अनुमान गरिएको थियो ।

आर्थिक वर्ष २०१९/ २० मा भारतीय अर्थतन्त्र ४ प्रतिशतले बढेको थियो । सो वर्षभरि ग्रस भ्यालु एडेड (जीभीए) भने ६ दशमलव २ प्रतिशतले खुम्चिएको छ ।

प्रकाशित मिति:     १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar