बृद्धाभत्ता ४ हजार पुग्ने, कुन सरकारले कत्ति बढायो ?

बृद्धाभत्ता ४ हजार पुग्ने, कुन सरकारले कत्ति बढायो ?

काठमाडौं । नेपालमा वृद्धहरुलाई भत्ता दिने आर्थिक वर्ष २०५१–०५२ को बजेटबाट सुरु गरिएको हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमतको सरकारले यो कार्यक्रम सुरु गरेको थियो । यसपछि नयाँ सरकार आएसँगै सधैँ यो रकम बढाउदै आएका छन् ।

हाल ७० वर्ष उमेर पुगेकाले यो भत्ता लिदै आएका छन् ।

विष्णु पौडेलले अघिल्लोपटक अर्थमन्त्री हुँदा २ हजार पुर्‍याएका थिए । जसको कारण दीर्घकालीन भार अर्ब रुपैयाँ थपिएको थियो । प्रतिशतका हिसावले सबैभन्दा बढी वृद्धभत्ता बढाउनेमा भने डा. बाबुराम भट्टराई पर्छन् । उनले आर्थिक वर्ष २०६५–६६ मा मासिक १७५ रुपैयाँका दरले दिइँदै गरेको वृद्धभत्ता बढाएर मासिक ५ सय रुपैयाँ पुर्‍याएका थिए ।

यस्तै २०७२–०७३ मा अर्थमन्त्री रामशरण महतले १ हजार, २०७३–०७४ मा विष्णु पौडेलले २ हजार, २०७६–७७ मा अर्थमन्त्री डा. युवराज खतिवडाले ३ हजार रुपैयाँ पुर्याएका छन् ।

अब अहिले अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट मार्फत पुन त्यसलाई १ हजार बढाएर ४ हजार पुर्याउने बताइएको छ । १ हजार रुपैयाँ मात्रै बढाउँदा आगामी वर्षका लागि करिब ९४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्दछ ।

प्रकाशित मिति:     १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar