उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइएको छ । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ । आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ ।

आजदेखि लागू हुने निषेधाज्ञा यहि २० गतेसम्म रहने छ ।

प्रकाशित मिति:     १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar