१० महिनामा १२ खर्ब ५४ अर्बको सामान आयात

१० महिनामा १२ खर्ब ५४ अर्बको सामान आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि वैशाखसम्म नेपालले भारत तथा तेस्रो मुलकबाट साढे १२ खर्ब रुपैयाँभन्दा बढीमा सामान आयात गरेको छ।

भन्सार विभागमा अनुसार १० महिनामा कूल १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँ बराबरको सामान भारत तथा तेस्रो देशबाट नेपाल भित्रिएको हाे। आयात रकम गत बर्षको सोही अवधिको भन्दा २२ दशमलब ३४ प्रतिशतले बढी रहेकाे विभागले जनाएकाे छ।

गतबर्षको सोही अवधिमा नेपालले भारत तथा तेस्राे मुलकबाट १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख ८३ हजार रुपैयाँ बराबरको सामान आयात गरिएकाे थियाे।

विभागका अनुसार चालूबर्ष निर्यात पनि बढेको छ। १० महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलुकमा कूल १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar