५० हजार भन्दा कम डिपोजिट नलिने बैंकहरुको निर्णयमा गभर्नर अधिकारीले आपत्ति जनाए

५० हजार भन्दा कम डिपोजिट नलिने बैंकहरुको निर्णयमा गभर्नर अधिकारीले आपत्ति जनाए

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा केहि बैंकले आफ्ना अनुकूल नियम बनाएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् । गभर्नर अधिकारीले सामाजिक सञ्जालमा ट्वीट गर्दै स–सानो रकम झिक्न नपाउने भन्ने बिषय हुदै होईन भन्दै यस्तो निर्देशन हुने कुरा पनि भएन र गरिएको पनि छैन भनेर प्रष्ट पारको छन् ।

नेपाल बैंकर्स संघले गत बिहीवार प्रेस विज्ञप्ति निकालेर निषेधाज्ञा भर ५० हजारभन्दा माथिको रकममात्रै खातामा जम्मा गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । संघले निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाबाट अत्यावश्यक सेवा भने प्रदान गरिने बताएको थियो ।

गभर्नर अधिकारीले कुन बैंकको कुन शाखाबाट यस्तो व्यवहार भएको हो खुलाएर जानकारी पठाएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति:     ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar