बजेट मार्फत कर्मचारीको तलब १५ प्रतिशत र भत्ता एक हजार बढ्ने

बजेट मार्फत कर्मचारीको तलब १५ प्रतिशत र भत्ता एक हजार बढ्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट मार्फत सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशत बढाउने बुझिएको छ। अर्थमन्त्रालय स्रोतका अनुसार चालू वर्षमा कर्मचारीहरुको तलब नबढेकाले आगामी वर्षको बजेटमा १५ प्रतिशतले बढाउन लागिएको हो ।

यस्तै बृृद्धबृद्धा र एकल महिलाका लागि दिदै आएको सामाजिक सुरक्षा भत्ताको रकम पनि एक हजार रुपैयाँ बढाउने मन्त्रालय स्रोतले जनाएको छ। सरकारले यही जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति:     ८ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar