जग्गा हदबन्दीको सीमा तोकियो, कुन उद्योगलाई अब कति जमिन ?

जग्गा हदबन्दीको सीमा तोकियो, कुन उद्योगलाई अब कति जमिन ?

काठमाडौं । औद्योगिक प्रयोजनको लागि प्रयोग गरिने जग्गाको हदबन्दी बढेको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा हदबन्दी छुट दिनेसम्बन्धी आदेश २०७८ जारी गरेसँगै यस्तो प्रयोजनका लागि जग्गाको हदबन्दी बढेको हो ।

मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको आदेश अनुसार अब औद्योगिक प्रयोजनको लागि काठमाडौं उपत्यका बाहेकका पहाडी भुभागमा २ हजार रोपनी, काठमाडौं उपत्यकामा ३०० रोपनी र तराई भुभागमा १५० बिगाहासम्म जमिनको स्वामित्व कायम गर्न पाइन्छ ।

जारी आदेशमा उत्पादनमूलक उद्योग, उर्जा उद्योग, कृषि तथा बनजन्य उद्योग, पर्गटन उद्योग, सेवा उद्योग, निर्माण उद्योग र अन्य क्षेत्रका उद्योग अन्तर्गत विभिन्न व्यवसायका लागि छुट्टाछुट्टै हदबन्दी तोकिएको छ । यस्तो हदबन्दी साना, मझौला र ठूला उद्योगलाई फरक फरक गरिएको छ ।

प्रकाशित मिति:     ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar