काठमाडौं- नारिता र काठमाडौं- दोहाको उडान समय परिवर्तन

काठमाडौं- नारिता र काठमाडौं- दोहाको उडान समय परिवर्तन

काठमाडौं  । नेपाल एयरलाइन्सको पूर्वनिर्धारित जापान र कतारको उडान समय परिवर्तन भएको छ ।  काठमाडौं –नारिता (जापान)–काठमाडौं  र काठमाडौं –दोहा (कतार)–काठमाडौंको उडान तालिका परिवर्तन भएको जानकारी गराएको हो । 


जसअनुसार काठमाडौं- नारिता–काठमाडौंको उठान जनवरी १७ र काठमाडौं –दोहा–काठमाडौंको उडान जनवरी १८ का लागि सरेको एयरलाइन्सले जनाएको छ । 

प्रकाशित मिति:     २ माघ २०८०, मंगलवार  |    Himali Khabar