पर्यटन क्षेत्रमा फेक रेस्क्युको घटना दोहोरिन थाल्यो : सीईओ रेग्मी

पर्यटन क्षेत्रमा फेक रेस्क्युको घटना दोहोरिन थाल्यो : सीईओ रेग्मी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मीले पर्यटन क्षेत्रमा पुनः फेक रेस्क्यूको घटना दोहोरिन थालेको  बताएका छन् । बिहीबार संसदीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उपस्थित सीईओ रेग्मीले नेपाल आएका पर्यटकलाई बिरामी पारेर फेक रेस्क्यू गर्ने गराउने घटना बढेको बताएका हुन ।

‘पहिला–पहिला फेक रेस्क्यूको नाममा धेरै यस्ता धेरै पर्यटकहरु ठगिन्थ्ये । बिचमा यो घटना नियन्त्रणमा आएको थियो । तर, फेरि यस्तो गलत गतिविधि सुरु भएको भन्ने गुनासा उजुरीहरु आइरहेका छन्,’ रेग्मीले भने, ‘यस्तो गलत गतिविधि बेलैमा रोक्न सकिएन भने बर्बाद हुन्छ । अन्तर्राष्ट्रिय बजारमा हामी बदनाम हुन्छौँ ।’


रेस्क्यूको नाममा ट्राभल कम्पनी, होटल, हेली कम्पनीहरुको मिलेमतो हिमाली क्षेत्र, ट्रेकिङमा जाने पर्यटकलाई खानामा विकार मिसाएर खुवाउने र रेस्क्यू गर्ने गरेको उनको आरोप छ ।

प्रकाशित मिति:     १९ पुष २०८०, बिहीबार  |    Himali Khabar