काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले नागरिकलाई घरभित्रै बस भन्दै निषेधाज्ञा जारी गरे पनि सरकारकै एक मन्त्री भने दलबलसहित निरीक्षणमा निस्किएका छन् ।
शहरी विकास मन्त्री प्रभु साह दलबलसहित आज ललितपुरको गोदावरीमा निर्माणाधीन सम्मेलन केन्द्रको निरीक्षणमा गएका छन ।
सरकारले ललितपुरको गोदावरीमा आधुनिक र प्रविधियुक्त ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण गरिरहेको छ । यो सम्मेलन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ ।
२०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको केन्द्र निर्माणको काम गत कात्तिक २७ गतेभित्र सक्नु पर्ने थियो ।गत कात्तिकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसको निरीक्षण गरी फागुन ३ गते उद्घाटन गर्ने गरी निर्माण सक्न निर्देशन दिएका थिए । तर अहिलेसम्म पनि यसको निर्माण कार्य सकिएको छैन ।