निषेधाज्ञाले अलपत्र पर्यटकको उद्दारका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन

निषेधाज्ञाले अलपत्र पर्यटकको उद्दारका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोरोना भाइरसको दोस्रो चरणको संक्रमण नियन्त्रणका लागि देशका विभिन्न भागमा जारी गरेको निषेधाज्ञाका क्रममा विभिन्न भागमा रहेका पर्यटकको उद्धार तथा समन्वयका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ।

सेलले पर्यटकको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौताअनुरुप भारतबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमन लगायतका काममा सहजीकरण गर्नेछ।

यसले गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौं ल्याउनेछ।

प्रकाशित मिति:     २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar