हवाई यात्रुको क्वारन्टिन लागि तोकियो ८ वटा होटल

हवाई यात्रुको क्वारन्टिन लागि तोकियो ८ वटा होटल

काठमाडौं । भारतबाट आउने हवाई यात्रुले तोकिएका ८ वटा होटलमा क्वारन्टिन बस्नु पर्नेछ । सरकारले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटल, एयरर्पोटस्थित एयरर्पोट होटल, गौशालास्थित अमादब्लम, रिडर्स इन र आनन्द आश्रम, जगातीस्थित फार्म हाउस रिर्सोट र ए–वान रिर्सोटलाई होटल क्वारन्टिनका रुपमा तोकिएको छ ।

यी होटलले यात्रुलाई विमानस्थलबाट होटलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् । मूल्य अभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शुल्क लिन पाइने गरी होटललाई क्वारन्टिन तोकिएको छ ।

नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको छ । हवाई मार्गबाट आउने यात्रु अनिवार्य १० दिन क्वारन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटलले प्रहरीलाई खबर गर्नुपर्नेछ ।

प्रकाशित मिति:     २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar