यी हुन कोभिड १९ को धेरै सन्क्रमित भएको जिल्ला, जहाँ तत्काल निषेधाज्ञा हुन सक्छ

यी हुन कोभिड १९ को धेरै सन्क्रमित भएको जिल्ला, जहाँ तत्काल निषेधाज्ञा हुन सक्छ

काठमाडौं । कोभिड १९ को संक्रमण नेपालमा पनि नियन्त्रण बाहिर जाने खतरा बढ्दै गएको छ । आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ ।

सीसीएमसीले पहाडीमा दुई सय संक्रमित र सहरी क्षेत्रमा पाँच सय जना सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न भनेको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँसहित देशका विभिन्न नौ जिल्लामा (आइतबारसम्म) पाँच सय बढी सक्रिय संक्रमित छन् । यी जिल्लामा छिटै निषेधाज्ञा हुन सक्नेछ ।

पाँच सय भन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर भक्तपुर, मोरङ, पर्सा, कास्की, रुपन्देही, बाँके र दाङ छन् । सरकारले भिडभाड नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:     १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar