तीन वर्षमा २२१० किलोमिटर कालोपत्रे सडक बनाउने योजना

तीन वर्षमा २२१० किलोमिटर कालोपत्रे सडक बनाउने योजना

काठमाडौं, २२ चैत । सरकारले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा सडक पूर्वाधार आयोजना बनाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम’ सुरु गरेको छ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्।

प्राथमिकताका आधारमा छनोट भएका १६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक आयोजनाहरु तीन वर्षमा निर्माण सम्पन्‍न गर्ने लक्ष्य राखिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी तीन वर्षभित्रमा थप दुई हजार २१० किलोमिटर सडक निर्माण सम्पन्‍न भइसक्ने बताए।

यी आयोजनाहरुको लागत ५७ अर्ब १० करोड रुपैयाँ बराबर अनुमान गरिएको छ।

प्रकाशित मिति:     २२ चैत्र २०७७, आईतवार  |    Himali Khabar