जीडीपीको तुलनामा न्यून मात्रै पूर्वाधार क्षेत्रमा खर्च

जीडीपीको तुलनामा न्यून मात्रै पूर्वाधार क्षेत्रमा खर्च

काठमाडौं, ६ चैत । पछिल्ला आर्थिक वर्षमा पूँजीगत बजेट खर्च कूल गार्हस्थ उत्पादन (जीडीपी)को ६ देखि साढे ७ प्रतिशत मात्रै भइरहेको छ ।

हाल कूल जीडीपीको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ । त्यसको छदेखि साढे ७ प्रतिशत भन्नाले न्यूनतम दुई खर्ब ३६ अर्ब रुपैयाँ देखि अधिकतम दुई खर्ब ९५ अर्ब रुपैयाँ हो । यो खर्च प्रवृत्ति आवश्यकताभन्दा न्यून रहेको पूर्वाधार क्षेत्रका जानकारहरुको भनाइ छ ।

पूर्वाधार विज्ञ कमल पाण्डेका अनुसार सरकार र निजी क्षेत्रले गरेका विभिन्न अध्ययनले दिगो विकास लक्ष्य, सरकारले राखेको २५ वर्षे दीर्घकालीन लक्ष्य पूरा गर्न पूँजीगत खर्च जीडीपीको १२ देखि १५ प्रतिशत गर्नुपर्ने देखाएको छ ।

वार्षिक न्यूनतम चार चार खर्ब ७३ अर्बदेखि पाँच खर्ब ९१ अर्ब रुपैयाँ हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनर इन्क (पिइआइ) ले संयुक्तरुपमा आयोजना गरेको नीति संवादको पहिलो शृङ्खलामा पूर्वाधार विज्ञ पाण्डेले पूर्वाधार विकासका लागि खर्च नै कम भएको जानकारी दिए ।

प्रकाशित मिति:     ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar