महालक्ष्मी विकास बैंकको आकर्षक ब्याजदरको “वैभब बचत खाता” सञ्चालन

महालक्ष्मी विकास बैंकको आकर्षक ब्याजदरको “वैभब बचत खाता” सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा वार्षिक ५.५० प्रतिशत ब्याजदरको “वैभब बचत खाता” सञ्चालनमा ल्याएको छ । यो खाता बैंकको कुनैपनि शाखा कार्यालयबाट ग्राहकले सहजै खोल्न सक्ने छन् ।

उच्चतम प्रतिफल प्राप्तगर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम बर्षको लागि शत् प्रतिशत छुट प्रदान गरिएको बैंकले जनाएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आइपीएसको पनि सुविधा रहेको बैंकले जनाएको छ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट अँइपीएस, क्यूआर कोर्ड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar