महालक्ष्मी विकास बैंकको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा

महालक्ष्मी विकास बैंकको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा

काठमाडौं, ७ जेठ । महालक्ष्मी विकास बैंक लिमिटेडले २७ औं बार्षिकोत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुले जेष्ठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट रु.१०० प्राप्त गर्न सक्नेछन् ।

बैंकले सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।

प्रकाशित मिति:     ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar