वाणिज्य बैंकहरुले वैशाखमा मात्र २८ अर्ब कर्जा प्रवाह गरे

वाणिज्य बैंकहरुले वैशाखमा मात्र २८ अर्ब कर्जा प्रवाह गरे

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह थप बढेको छ । वैशाख महिनामा मात्रै वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरु वैशाखमा उक्त कर्जा लगानी गरेका हुन् । वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चैत मसान्तसम्ममा बैंकहरुले ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

एक महिना अवधिमा वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । वैशाख मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले कुल ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै, चैत मसान्तमा बैंकहरुले ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

प्रकाशित मिति:     ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar