चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैय्याको आईसीयू वार्ड स्थापना गर्ने

चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैय्याको आईसीयू वार्ड स्थापना गर्ने

काठमाडौं । चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग आज समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरे ।

त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरे । सरकारले वीर अस्पताललाई केन्द्रीय कोभिड अस्पताल घोषणा गरेको छ ।

वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो । अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर÷प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ ।

प्रकाशित मिति:     ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar