निषेधाज्ञामा बैंकर्स संघले गर्‍यो डिजिटल कारोबारमा प्रोत्साहन

निषेधाज्ञामा बैंकर्स संघले गर्‍यो डिजिटल कारोबारमा प्रोत्साहन

काठमाडौं। नेपाल बैंकर्स संघले सेवाग्राहीलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरेको छ। एक सूचना जारी गर्दै संघले घरबाटै मोबाइल र इन्टेरनेट बैंकिङ कारोबार गर्न भनेको हो।

सूचनामा भनिएको छ, ‘एउटा खाताबाट अर्कोमा रकम स्थानान्तरण गर्न र बिल भुक्तानीलगायतका काम गर्न मोबाइल बैंकिङ गर्नुहोस्।’ यसैगरी, सामान खरिद गर्दासमेत विद्युतीय भुक्तानीको प्रयोग गरेर नगद कारोबार घटाउन संघको आग्रह छ।

यस्तै ग्राहकहरुको सहजताका निम्ति निषेधाज्ञा अबधिभर मुद्दती खाता नविकरणसमेत सम्बन्धित बैंकलाई इमेल गरेर नविकरण गराउन सकिने संघले जनाएको छ।

प्रकाशित मिति:     २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar