वीरगञ्जका बैंकहरुले आजदेखि नगद कारोबार नगर्ने

वीरगञ्जका बैंकहरुले आजदेखि नगद कारोबार नगर्ने

वीरगञ्ज । वीरगञ्जका बैंकहरुले आजदेखि नगद कारोबार नगर्ने भएका छन्। कोरोनाको दोस्रो लहरबाट वीरगञ्जमा सञ्चालित बैंकका ९१ जना कर्मचारी संक्रमित भएपछि नगद कारोबार रोक्ने भएका हुन्।

वीरगञ्ज बैंकर्स एसोशिएसनले सूचना जारी गर्दै आजदेखि सेवामा कटौती गेरेको बताएको हो। पैसा डिपोजिट र चेक साट्ने बाहेक चेक क्लियरिङ, आरटीजीएस, आईपीएस, एलसी भन्सार सम्बन्धी सम्पूर्ण काम जारी रहनेछ।

प्रकाशित मिति:     २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar