काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए । त्यसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए ।
पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए ।