मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाएको ओलीको आरोप

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाएको ओलीको आरोप

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री ओली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् । यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका थिए । तर उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय लदको कार्यलयमा उनी उपस्थित भएपछि पुनः फर्किएकी हुन् ।

स्रोतका अनुसार उनले दलको कार्यालयमा उपस्थित भएर आफूलाई मुख्यमन्त्रीको कार्यलयमै राखिएकोले सम्पर्कबाहिर रहेको बताएकी छन् । उनी कार्यलयमा बिहान ११ बजे उपस्थित भएकी थिइन् । ‘उनी हामीसामु रुनु पनि भयो । उनले मलाई मुख्यमन्त्रीको कार्यलयमा राखेकोले सम्पर्कमा रहन सकिन भनेर भनिन्’ माओवादी संसदीय दलको कार्यालय स्रोतले भन्यो ।

उनले आफूलाई मुख्यमन्त्रीको कार्यलयमा राखि बन्धक बनाएर नक्कली हस्ताक्षर गरी एमाले प्रवेश गरेको व्यहोरा सार्वजनिक गरेको पनि बताएको खुलेको छ । उनले सरकारसँग आफ्नो जीवन रक्षाको पनि गरेकी छन् ।

प्रकाशित मिति:     २० श्रावण २०७८, बुधबार  |    Himali Khabar