धादिङको क्षेत्र नं २ (क) मा कांग्रेसबाट प्रदेशसभा सदस्यमा सुवेदीको दाबेदारी

धादिङको क्षेत्र नं २ (क) मा कांग्रेसबाट प्रदेशसभा सदस्यमा सुवेदीको दाबेदारी

धादिङ। सरकारले आगामी मंसिर ४ गतेका लागि संघ र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन घोषणा गरेसँगै मुलुक विस्तारै निर्वाचनमय बन्दै गएको छ । शहरदेखिगाउँमा संघ र प्रदेशसभाको उम्मेदवार को बन्ला र कसलाई बनाउने भन्ने चर्चा बढ्न थालेको छ ।

यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको धादिङको क्षेत्र नं २ अन्तर्गत प्रदेशसभाको (क) मा भने वरिष्ठ पर्यटन व्यवसायी एवम् नेपाली कांग्रेस नेता खुमबहादुर सुवेदीको चर्चा बढेको छ । भर्खरै मात्र टानको दुई वर्षे सफल कार्यकाल पूरा गरेर बाहिरनुभएका सुवेदीले पनि प्रदेशसभा सदस्यमा आफ्नो स्वभाविक दाबेदारी रहेको बताउनुभएको छ ।

उहाँ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रदेश अधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ । भर्खरै मात्र सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन उहाँले निकै ठूलो सक्रियता देखाउनु भएको थियो ।

व्यवसायसँगै धादिङको विकास र समृद्धिका लागि योग्दान दिदै आउनु भएका सुवेदीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनुपर्ने आवाज धादिङ कांग्रेसमा पनि उठेको छ । उर्जाशिल र गतिशिल सुवेदी प्रदेशसभा (क) को उनी बलियो दाबेदार भएको विश्लेष्ण गरिएको छ ।

प्रकाशित मिति:     १३ भाद्र २०७९, सोमबार  |    Himali Khabar