सगरमाथा दिवस यो वर्ष सगरमाथा आधार शिविरमा मनाइने

सगरमाथा दिवस यो वर्ष सगरमाथा आधार शिविरमा मनाइने

काठमाडौं । सरकारले यस वर्षको सगरमाथा दिवस आधार शिविरमा मनाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितराज तामाङले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार अघिल्लो साता मन्त्रीको अध्यक्षतामा हुने सगरमाथा आयोजक समितिको बैठक बसेको थियो । सो बैठकले सगरमाथा दिवसको मूख्य कार्यक्रम प्रधानमन्त्रीको उपस्थितिमा आधार शिविरमा गर्न तयारी थाल्ने निर्णय गरेको उनले जानकारी दिए । सगरमाथा दिवस २९ मे मा पर्छ ।

प्रकाशित मिति:     ९ बैशाख २०८१, आईतवार  |    Himali Khabar