नुवाकोटको १० स्थानीय तहका जनप्रतिनिधिले सपथ ग्रहण गरे

नुवाकोटको १० स्थानीय तहका जनप्रतिनिधिले सपथ ग्रहण गरे

नुवाकोट । नुवाकोट जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । आज बिहान जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतले उनीहरुलाई सपथ ग्रहण गराएका हुन ।

नुवाकोटमा १२ स्थानीय तह मध्ये २ वटा नगरपालिकाको अन्तिम नतिजा आउन बाँकी छ ।

१० स्थानीय तह मध्ये ककनीमा माओवादी केन्द्रका सुमन तामाङ, किस्पाङमा एमालेका बिरबल तामाङ, तादीमा कांग्रेसका सन्तमान तामाङ, तारकेश्वरमा कांग्रेसका शिव अधिकारी, दुप्तेश्वरमा माओवादी केन्द्रका शंकरबहादुर थापा, पञ्चकन्यामा माओवादी केन्द्रकै तेजबहादुर तामाङ, म्याङमा कांग्रेसका आसा तामाङ र लिखुमा कांग्रेसका धुव श्रेष्ठ निर्वाचित भएका छन् ।

बेलकोटगढी नगरपालिका र विदुर नगरपालिकाकाृ मतगणना जारी छ ।

प्रकाशित मिति:     ५ जेष्ठ २०७९, बिहीबार  |    Himali Khabar